वडाध्यक्ष दीपकलाई रड प्रहार गर्ने भूपेन्द्रविरुद्व निवेदन
पाेखरा | चैत ३, २०८१
कास्की: पोखरा महानगरपालिका २१ का वडाध्यक्ष दीपक सुवेदीले आफुलाई रड प्रहार गर्ने स्थानीय भूपेन्द्र गिरी (ठुलो) विरुद्व निवेदन दिएका छन् ।
वडाध्यक्ष सुवेदीले आफुलाई शनिबार रड प्रहार गर्ने गिरीविरुद्व कारवाहीको मागसहित वडा प्रहरी कार्यालय बैदाममा आज निवेदन दिएको जानकारी दिए ।
‘कानूनी उपचारका लागि वडा प्रहरी कार्यालय बैदाममा निवेदन दिएको छु, वडाध्यक्ष सुवेदीले सुनगाभा न्यूजसँग भने, ‘प्रहरी टोलीले खोजतलास गर्दै हुनुहुन्छ त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।’
कानून बर्खिलाप सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना हटाउने आफ्नो कर्तव्य भएकाले आफु त्यहाँ पुगेको वडाध्यक्ष सुवेदीले बताए ।
सोही क्रममा उनलाई निर्मलपोखरीको बाँझीपोखरीका भूपेन्द्र (ठुलो) ले उनलाई अपशब्द बोल्दै रड प्रहार गरेका थिए ।
सुवेदीसँगै त्यहाँ वडा सदस्य विमला केसीसँगै अन्य स्थानीयहरुपनि सहभागी थिए ।
भूपेन्द्र (ठुलो) ले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरिरहेको बताइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

